काठमाडौं । जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज बिहान स्वदेश फर्किदैछ।
१ सय ४८औँ आईपीयूको महासभामा सहभागी हुन त्यहाँ गएको टोली आज बिहान ९ बजे काठमाडौं आइपुग्ने सभामुख घिमिरेको सचिवालयले जनाएको छ। टोलीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरी आईपीयूमा भएको कार्यक्रमबारे जानकारी गराउने सभामुख घिमिरेका प्रेस संयोजक शेखर अघिकारीले जानकारी दिए।
सभामुख सहितको टोली गत बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेको थियो। सभामुख घिमिरेको नेतृत्वमा सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाईँ, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई,नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेल्वासे सामेल छन् ।
सभामुख घिमिरे उपसभामुखलाई संसद् चलाउने अधिकार नदिई प्रतिनिधि सभा बैठक नै १० दिन (चैत १८ गतेसम्म) रोकेर स्वीट्जरल्याण्ड उडेका थिए ।





























प्रतिक्रिया