बागमती प्रदेशसभा बैठक चैत १९ मा, मुख्यमन्त्रीले विश्वासको मत लिने

बागमती प्रदेशसभा बैठक चैत १९ मा, मुख्यमन्त्रीले विश्वासको मत लिने

केन्द्रबिन्दु
42
Shares

हेटौँडा। बागमती प्रदेशसभाको बैठक यही चैत १९ गते दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक चैत १९ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी दिएका छन् । 

बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने सभामुख पाठकले बताए  ।  प्रदेशसभाको बैठक बस्नुपूर्व सभामुख पाठकले कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत आह्वान गरेका छन् । कार्य व्यवस्था परामर्श समितिको बैठक चैत १८ गते आइतबार दिउँसो ३ बजे बस्ने तय गरिएको छ ।

११० सदस्य रहेको बागमती प्रदेशसभामा माओवादी केन्द्रका २१, एमालेका २७, एकीकृत समाजवादीका ७ र  हाम्रो नेपाली पार्टीका २ सदस्य रहेका छन् । यसैगरी प्रदेशसभामा नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाको ३ सदस्य रहेका छन् ।

Logo