आज प्रतिनिधिसभा बैठकमा तीन मन्त्रीले सांसदको प्रश्नको जवाफ दिने

आज प्रतिनिधिसभा बैठकमा तीन मन्त्रीले सांसदको प्रश्नको जवाफ दिने

केन्द्रबिन्दु
98
Shares

काठमाडाैं। आज बिहान ११ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभाकाे बैठक बस्दैंछ । आजकाे बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय र उर्जा, जलस्राेत तथा सिंचाइ मन्त्रालय सबन्धी माैखिक प्रश्नहरूकाे सबन्धित मन्त्रिले उतर दिनेछन् । 

सभामुख देबराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतकाे बिषयगत समितिहरूमा माननीय सदस्यहरूकाे नाम हेरफेर गरिएकाे जानकारी गराउने छन् । उपप्रधान मन्त्री एवम परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले …बिमेस्टेक वडा पत्रकाे प्रावधान माथी सदनमा छलफल गरियाेस् तथा …अनुमाेदन गरियाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेकाे छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पति भएकाे …बिधायन सबन्धी बिधेयक २०८० माथी बिचार गरियाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेकाे सम्भावित कार्यसुचीमा उल्लेख गरिएकाे छ ।

Logo