रेशम र रञ्जिताको घरझगडाले नाउपामा भाँडभैलो, नेकपा एसलाई फकाएर जोगिए जम्कट्टेल[भिडियाेसहित]

रेशम र रञ्जिताको घरझगडाले नाउपामा भाँडभैलो, नेकपा एसलाई फकाएर जोगिए जम्कट्टेल[भिडियाेसहित]

केन्द्रबिन्दु
98
Shares

इलाम क्षेत्र नं. २ मा धीरेन्द्र शर्मा तिम्सिना उम्मेदवारमा सिफारिश
सत्तारुढ नेकपा माओवादी केन्द्रबाट इलाम क्षेत्र नं. २ मा धीरेन्द्र शर्मा तिम्सिना उम्मेदवार सिफारिश भएका छन् । माओवादी केन्द्रको जिल्ला कमिटीले उपनिर्वाचनका लागि उनको एकल नाम प्रदेश कमिटी समक्ष सिफारिश गरेको हो । ०७४ सालको चुनावमा उनी इलामकै क्षेत्र नं. २ ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । हाल उनी पार्टीमा केन्द्रीय कमिटी सदस्य छन् । सत्तारुढभित्रै इलाम–२ मा नेकपा एमालेले दिवंगत नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु उम्मेदवार छन् ।

मलाई ज्यान मार्ने धम्की आयोः रेशम चौधरी
नागरिक उन्मुक्ति पार्टीका नेताहरुले पार्टीका संस्थापक रेशमलाल चौधरीले आफूहरुलाई ज्यान मार्ने धम्की दिएको बताएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आफूहरुमाथि भौतिक आक्रमण गरिएको बताएका हुन् । सुदूरपश्चिम सरकार ढले नागरिक उन्मुक्तिका नेतालाई जे पनि हुन सक्ने उनले धम्की दिएको कुरा बाहिरिएको थियो । तर, यस विषयको उनले आफूहरु चाँही असुरक्षित रहेको भन्दै बचाउ गरेका छन् ।

शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाईने छः सुमना श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताएकी छन् । सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा राजनीति हस्तक्षेपमुक्त नभएसम्म शिक्षा क्षेत्रको सुधार नहुने भन्दै विद्यालय र उच्च शिक्षालाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताएकी हुन् । सामुदायिक शिक्षामा लगानीको कमिका कारण नभइ अति राजनीतिकरणका कारण सन्तोषजनक नतिजा आउन नसकेको उनको भनाई थियो ।

चीन सरकार नेपालसँग सीमा जोडिएका १४ वटा परम्परागत व्यापारिक नाका खोल्न तयार
चीन सरकार नेपालसँग सीमा जोडिएका १४ वटा परम्परागत व्यापारिक नाका खोल्न तयार भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको भ्रमणको अवसरमा चीनले यस्तो प्रतिवद्धता जनाएको हो । चीनको सात दिने भ्रमण सकेर आज स्वदेश फर्किएका मन्त्री श्रेष्ठले यो जानकारी दिए । साथै चीनका परराष्ट्र मन्त्री वाङ यी यही वर्ष नेपाल भ्रमणका लागि आउने पनि उनले बताए ।

न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र जवाफ पेस गर्नुः अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार बसेको बैठकले न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र जवाफ पेस गर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएको छ । समितिका सभापति राजकिशोर यादवले समितिले न्यारोबडी जहाजका विषयमा उपसमिति नै बनाएर छानबिन गर्ने पनि बताए ।निगमले जहाज खरिदपछि बनाएको व्यावसायिक योजनाको बारेमा पनि जानकारी पेस गर्न समितिले भनेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि उत्तरी विन्दुबाट जहाज अवतरण गराउन नपाइने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज सोमबारदेखि उत्तरी विन्दुबाट जहाज अवतरण गराउन नपाइने भएको छ । उत्तरतर्फको रन–वे अर्थात् धावनमार्गको विन्दु जोड्ने समानान्तर ट्याक्सी–वे तथा त्यससँग जोडिएका कामको विस्तार थालिएकोले ९० दिनसम्म उत्तरी विन्दुबाट जहाज अवतरण गराउन नपाइने भएको हो । विमानस्थलमा हुन लागेको पूर्वाधार विस्तारबारे नेपाल नागरिक उड्डयन प्राधिकरणले एक महिनाअघि नै सूचना सार्वजनिक गरेको थियो ।

फागुन महिनामा ६५ हजार ६५८ जना श्रमिक वैदेशिक रोजगारीमा गए
गत फागुन महिनामा ६५ हजार ६५८ जना श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागकाअनुसार चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो ८ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ४ लाख ७१ हजार २१० पुगेको छ । यो नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर जानेको संख्या हो । चालु आर्थिक वर्षको साउनदेखि फागुन सकिंदासम्म नयाँ श्रम स्वीकृति लिएर विदेशिनेको श्रमिकको संख्या २ लाख ८६ हजार ९३२ पुगेको विभागले जनाएको छ ।

यस वर्षको मार्च महिनामा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव नौ प्रतिशतले बढ्यो
यस वर्षको मार्च महिनामा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव नौ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डका अनुसार मार्च महिनामा एक लाख २८ हजार एक सय ६७ विदेशी पर्यटक नेपाल आएका हुन् । गत वर्षको सोही अवधिमा कुल ९९ हजा्र चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । चिनियाँ बढ्न थालेको र भारतीयको आगमन यथावत रहँदा पर्यटक आगमन उत्साहजनक देखिएको तथ्यांक छ ।

नेपालीको जीवन रक्षाको माग गर्दै प्रदर्शन गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लियो
रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आज सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीको नेतृत्वमा सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।रुसी सेनामा भर्ना भएर मृत्यु भएकाहरुको शव फिर्ता, सम्पर्कविहीन भएकाको खोजी एवं अलपत्र परेका नेपालीहरुको उद्धारको माग राख्दै उनीहरुले प्रदर्शन गरेका थिए।

सोमबार दोहोरो अङ्कले घट्यो शेयर बजार
हिजो दोहोरो अङ्कले घटेको शेयर आज पनि घटेको छ ।बजार परिसूचक नेप्से आज ६ दशमलव २६ अङ्कले घटेर २ हजार १२ दशमलव ०७ विन्दुमा झरेको छ । आज होटल तथा पर्यटन र व्यापारबाहेक सबै समूहको शेयर घटेको छ । ७२ लाख ९० हजार कित्ता शेयर दुई अर्ब ८७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सर्वाेत्तम सिमेन्टको ४७ करोड २९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

मुख्यमन्त्री अरविन्द केजरीवाल १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन भारतको अदालतल आदेश दिएको छ । राउज रेभेन्यू कोर्टले १५ अप्रिलसम्म केजरीवाललाई न्यायिक हिरासतमा राख्न आदेश दिएको हो । अब उनलाई तिहाड जेल लगिनेछ ।दिल्लीका मुख्यमन्त्री केजरीवाललाई मदिरासम्बन्धी नीतिमा भ्रष्टाचार गरेको आरोपमा प्रवर्तन निर्देशनालय (ईडी) ले २१ मार्चमा गिरफ्तार गरेको थियो ।

नेपाल ‘ए’ तेस्रो तथा अन्तिम टी–२० खेलमा आयरल्यान्ड‘ए’माथि रोमाञ्चक जित दर्ता गर्यो
नेपाल‘ए’ले तेस्रो तथा अन्तिम टी–२० खेलमा भ्रमणकारी टोली आयरल्यान्ड‘ए’माथि रोमाञ्चक जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ३ रनले विजयी भएको हो । नेपालले जितका लागि दिएको २१४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रनमा समेटिएको हो । जितका लागि अन्तिम बलमा ५ रन चाहिएको थियो तर, उसले एक रन मात्रै जोड्न सक्यो । यसअघिका दुई खेलमा घरेलु टिमविरुद्ध जित निकालेको आयरल्यान्डले शृंखलाको उपाधि जितिसकेको छ ।

Logo