नाउपाका अध्यक्ष रञ्जिताले गरिन् दुई प्रदेश अध्यक्ष निष्कासित

नाउपाका अध्यक्ष रञ्जिताले गरिन् दुई प्रदेश अध्यक्ष निष्कासित

केन्द्रबिन्दु
45
Shares

 नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई प्रदेश अध्यक्ष निष्कासित भएका छन्। नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकी र बागमती प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी हुन्।

संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेका बेला नेताहरूलाई हातपात गरेको भन्दै अध्यक्ष श्रेष्ठले बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङ र गण्डकी प्रदेश अध्यक्ष राजन गुरूङलाई जिम्मेवारीबाट पदमुक्त गरेको बताएकी छन्। अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाटै निष्कासन गरेको पत्र पठाएकी हुन् । दुवै अध्यक्षलाई एकै व्यहोरोको पत्रमार्फत् निष्कासन गरिएको जानकारी गराइएको छ।

अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीबीच पछिल्लो समय नयाँ सत्ता गठबन्धनमा जाने कि पुरानोमा भन्नेमा विवाद छ। रन्जिता केन्द्रमा भएको नयाँ सत्ता गठबन्धनमै सहभागी भएर प्रदेशहरूमा सरकार बनाउन चाहिन्छन् भने रेशम कांग्रेससँगै रहन चाहन्छन्।

Skip This
Skip This
Logo