बागमती प्रदेश सरकार विस्तार, एमालेबाट चारजना मन्त्रीले लिए सपथ

बागमती प्रदेश सरकार विस्तार, एमालेबाट चारजना मन्त्रीले लिए सपथ

केन्द्रबिन्दु
140
Shares

बागमती प्रदेश सरकारमा एमालेबाट ४ जना मन्त्री नियुक्त भएका छन् । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गर्दै ४ जना मन्त्री नियुक्त गरेका हुन् ।

एमालेबाट एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव प्रसाद पोखरेल र प्रकाश श्रेष्ठ मन्त्री नियुक्त भएका हुन् । श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, पोखरेललाई वन तथा वातावरण मन्त्रालय, एकालाल श्रेष्ठलाई खानेपानी ऊर्जा तथा सिचाँईं मन्त्रालय र रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने सहमति छ ।

नवनियुक्त मन्त्रीहरुको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा सपथ ग्रहणसमेत भएको छ । उनीहरुलाई प्रदेश प्रमुख यादव शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

Logo