कर्णाली प्रदेशसभा बैठक बस्दै, प्रचण्डको निर्देशन विपरीत मुख्यमन्त्री शर्माले विश्वासको मत लिने

कर्णाली प्रदेशसभा बैठक बस्दै, प्रचण्डको निर्देशन विपरीत मुख्यमन्त्री शर्माले विश्वासको मत लिने

केन्द्रबिन्दु
140
Shares

सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक आज बस्दै छ । मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मतको प्रक्रिया पुरा गरेर मात्र राजीनामा दिने अडानका कारण मंगलबार बैठक बस्न सकेको थिएन । बैठक आज अपराहन्न ३ बजेका लागि बोलाइएको छ ।

माओवादी केन्द्रको मंगलबार बसेको संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिएर राजीनामा दिने निष्कर्षमा पुगेपछि केन्द्रमा भएको सहमतिलाई प्रदेशले चुनौती दिने देखिएको छ । मुख्यमन्त्री शर्मा केन्द्रमा कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमतिप्रति असन्तुष्ट देखिएका छन् । 

मंगलबार दिन भर माओवादी र एमालेबीच पटक-पटक छलफल भएपनि सहमति हुन नसकेपछि प्रदेश सभाको बैठक नै प्रभावित बनेको थियो ।

Logo