रेशम चौधरीले बोलाए आकस्मिक बैठक

रेशम चौधरीले बोलाए आकस्मिक बैठक

केन्द्रबिन्दु
252
Shares

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक अध्यक्ष रेशम चौधरीले पार्टीको आकस्मिक बैठक बोलाएका छन् । पार्टीको केन्द्रीय कार्यालय अनामनगरमा चौधरीले सबै प्रतिनिधिसभा सदस्य र  प्रदेश सभा सदस्यलाई १० बजे उपस्थित हुने भनेका छन्। 

महाधिवेशनबाट रेशम चौधरी अध्यक्षमा चयन भएका थिए । तर निर्वाचन आयोगले त्यसलाई वैधानिकता दिएको थिएन । निर्वाचन आयोगले उनलाई अध्यक्षको वैधानिकता नदिए पनि आफूलाई अध्यक्षको दाबी गर्दै उनले बैठक बोलाएका हुन् ।
नाउपामा अहिले चर्को विवाद छ ।

सत्ता समीकरण परिवर्तन भएपछि सुरु भएको विवादले रेशम र रञ्जिताबीच पानी बाराबारको अवस्था छ । पार्टी अध्यक्ष रहेकी रञ्जिताले बुधबार समानुपातिक सांसदलाई पदमुक्त गर्न सुदूरपश्चिम प्रदेशका सभामुखलाई पत्र पठाएपछि रेशमले आज आकस्मिक बैठक बोलाएका हुन् । 

Logo