इलाम २ उपनिर्वाचनः डम्बर खड्कालाई नै दोहोर्‍याउने कांग्रेसको निर्णय

इलाम २ उपनिर्वाचनः डम्बर खड्कालाई नै दोहोर्‍याउने कांग्रेसको निर्णय

केन्द्रबिन्दु
336
Shares

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी वैशाख १५ गते इलाम २ मा हुने उपनिर्वाचनका लागि डम्बर खड्कालाई उम्मेदवार बनाएको छ ।

तीन दिनसम्मको विवादपछि बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। खड्का २०७९ को निर्वाचनमा उनी नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङसँग पराजित भएका थिए। तर, नेम्वाङको निधन पछि रिक्त स्थानमा हुन लागेको उपनिर्वाचनमा कांग्रेसले खड्कालाई नै दोहोर्‍याउने निर्णय गरेको हो।

इलाम( २ को टिकटका लागि जिल्ला सभापतिसमेत रहेका खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबीच चर्को रस्साकस्सी देखिएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले खड्काको नाम प्रस्ताव गरेका थिए भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका थिए । आज बूढानीलकण्ठमा इलाम २ का सबै आकांक्षी उपस्थित थिए । अन्ततः खड्काले टिकट पाए ।

Logo