राप्रपा पनि उत्रियो सरकारविरुद्ध, ७७ वटै जिल्लामा जनप्रदर्शन गर्ने

राप्रपा पनि उत्रियो सरकारविरुद्ध, ७७ वटै जिल्लामा जनप्रदर्शन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारविरुद्ध जनप्रदर्शन गर्ने जनाएको छ । आज बिहान अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको राप्रपाको सचिवालय कार्य व्यवस्था समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

आजको बैठकमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी समेतको उपस्थिति रहेको थियो । बैठकले भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, वेरोजगारी समस्या समाधान लगायतका विषयमा सरकारको असफलता एवं उदासिनताको विरुद्धमा जनप्रदर्शनको घोषणा गरेको राप्रपाले जनाएको छ ।

राप्रपाले पुस १२ गते ७७ जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउने र १५ देखि २५ भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने जनाएको छ ।

यस्तो छ विज्ञप्ति :

मिति : २०७७ पौष २ गते

प्रेस विज्ञप्ति

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष श्री कमल थापाको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय सचिबालय कार्य व्यवस्था समितिको बैठकले मुलुकको समसामयिक राजनीतिक विषयहरुमा वृहद छलफल गरि देहाय बमोजिम निर्णयहरु गरेको छ । बैठकमा अध्यक्षद्वय श्री पशुपतिशम्शेर जबरा र डा.प्रकाशचन्द्र लोहनी समेतको उपस्थिति रहेको थियो ।

१. सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचन सम्बन्धि विनियमावली २०७७, निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका संशोधन सहित पारित गरेको छ ।

२. भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, वेरोजगारी समस्या समाधान लगायतका विषयमा सरकारको असफलता एवं उदासिनताको विरुद्धमा तथा सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको निमित्त पहिलो चरणमा देहायको देशव्यापी जनप्रदर्शन र संघर्ष गर्नेछ ः
(क) २०७७ पौष १२ गते सम्पूर्ण ७७ जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार समक्ष ज्ञापनपत्र बुझाउने ।

(ख) पौष १२ देखि २१ गते सम्म जिल्ला सदरमुकाम र ठूला शहरहरुमा मोटरसाईकल  र्याली गर्ने ।
(ग) पौष १५ देखि २५ भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने ।
(घ) पौषको चौथो हप्तादेखि दोस्रो चरणका कार्यक्रम संचालन गरिनेछ ।
३. पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक पौष ६ र ७ गते काठमाडौंमा बस्नेछ ।

भास्कर भद्रा ध्रुवबहादुर प्रधान
प्रमुख प्रमुख
केन्द्रीय सचिवालय केन्द्रीय सचिवालय

Logo