लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोख बहादुर महरा नियुक्त, सुनसरीका ५ स्थानीय तहमा कर्फ्यु[भिडियाेसहित]

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोख बहादुर महरा नियुक्त, सुनसरीका ५ स्थानीय तहमा कर्फ्यु[भिडियाेसहित]

केन्द्रबिन्दु
70
Shares

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोख बहादुर महरा नियुक्त
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोख बहादुर महरा नियुक्त भएका छन् । महरालाई एमालेसहितका सत्ता गठबन्धनका दल र स्वतन्त्र सांसदले समर्थन गरेका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उपनिर्वाचनका लागि मतदान स्थल र केन्द्र निर्धारित
निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदान स्थल र केन्द्र निर्धारण गरेको छ । जसअनुसार इलाम–२ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र निर्धारण भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र स्वीकृत भएको छ । आयोगले देशभरमा १० हजार ८९२ मतदान स्थल स्वीकृत गरेर वैशाख १५ को उपनिर्वाचनका लागि मतदान स्थल र केन्द्र निर्धारण गरेको जनाएको छ ।

एकल बहुमतसहित निर्णायक तहमा रहने गरी पार्टी सङ्गठनलाई बलियो बनाउनुपर्छः केपी ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले एकल बहुमतसहित निर्णायक तहमा रहने गरी पार्टी सङ्गठनलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार एमाले कास्कीको ११औँ अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । त्यस्तै पार्टीका पूर्वप्रमुखलाई वरिष्ठ नेता बनाएर अध्यक्षको छेउमै राख्ने परिपाटी गलत भएको समेत उनले टिप्पणी गरका छन् ।

सूर्यदर्शन सहकारीका बचतकर्ताले ओलीलाई ज्ञापनपत्र बुझाए
सूर्यदर्शन सहकारीका बचतकर्ताले ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । एमाले कास्कीको ११औं अधिवेशनबाट निर्वाचित पदाधिकारीको सपथ ग्रहण कार्यक्रममा सम्बोधनपछि सूर्यदर्शन सहकारी बचतकताहर्रुले ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउँदै सूर्यदर्शन बचत पीडित संघर्ष समितिले जीबी राईको विषयमा सिंगो राज्य र प्रहरी निकम्मा भएको बताएको छ । पीडितहरुले सहकारीको समस्या समाधान गर्न राज्यबाट ठोस नीति–नियम र ऐन–कानून बनाइ सहकारी पीडितको बचत फिर्ता गर्न लगाई न्याय दिन आग्रह गरेका छन् ।

गृहमन्त्री लामिछानेको उपस्थितिमा ठमेल र दरबारमार्ग २४सै घण्टा खुल्ला गर्ने सन्दर्भमा छलफल
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितको उपस्थितिमा ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुल्ला गर्ने सन्दर्भमा भएको छलफल पूर्ण समयमा व्यापार तथा व्यवसाय सञ्चालनसम्बन्धी कार्यविधिमा भएका प्रावधानबारे भएको जनाइएको छ । जसमा अत्याधिक मादक पदार्थ सेवनबाट अचेत भएको सेवाग्राहीलाई घरसम्म पु¥याउन तथा सुरक्षितरूपमा बस्ने व्यवस्था मिलाउनुपर्ने, कलाकारहरूले गायन तथा प्रर्दशन गर्दा मौलिकता, संस्कृति झल्किने र सीपमूलक नृत्य प्रदर्शन गर्नुपर्न जस्ता व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ ।

बाल सुधार गृहमा देखिएका समस्याहरुको समाधान कानूनी प्रक्रियाबाट अगाडि बढाउनुपर्छ
गृहमन्त्रालयका सहसचिव, प्रवक्ता नारायण प्रसाद भट्टराईले बाल सुधार गृहमा देखिएका समस्याहरुको समाधान कानूनी प्रक्रियाबाट अगाडि बढाएको बताएका छन् । शुक्रबार महिला तथा सामाजिक मामिला समितिको बैठकाम सांसदले उठाएका प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिँदै उनले ठूला तथा साना सबै बालबन्दीहरुलाई एकै स्थानमा राख्दा शोषणका घटनाहरु बढेको भन्दै यसलाई कानूनी प्रक्रियाबाट सुधार गर्ने बताएका हुन् ।

सुनसरीको हरिनगरमा कफ्र्यु जारी
सुनसरीको भुटाहामा दुई समूहबिचको झडपले उग्ररुप लिएपछि अन्य पालिकामा पनि फैलन सक्ने भएकोले अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यु आदेश जारी गरीएको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयले थप तीन पालिकामा निषेधाज्ञा जारी गरेको हो । प्रशासन कार्यालयका कायम मुकायम प्रमुखका अनुसार इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा पनि कफ्र्यु आदेश जारी गरेका हुन् । यसअघि हरिनगरा गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा निषेधाज्ञा जारी गरेको थियो ।

भारत सरकारको अनुदानमा विद्यालय एवं छात्रावास भवन निर्माण
‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा रु. तीन करोड ६१ लाखको लागतमा खोटाङको रावाबेसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवन निर्माण भएको छ । बिहीबार रावा बेसीमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, रावाबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा विद्यालयको उद्घाटन गरेका हुन् ।

७.२ म्याग्निच्युडको भूकम्पपछि बेपत्ता भएका १८ व्यक्तिको खोजी कार्य जारी
बुधबार ताइवानमा गएको ७.२ म्याग्निच्युडको भूकम्पपछि बेपत्ता भएका १८ व्यक्तिको खोजी कार्य जारी छ । पहाडी र कम जनसङ्ख्या भएको पूर्वी काउन्टीमा गएको भूकम्पले १० जनाको ज्यान गएको थियो भने १ हजार भन्दा बढी घाइते भएको र १९ व्यक्ति अझै बेपत्ता भएको जनाइएको छ । जसमा ६ हाइकिङ ट्रेलमा छन् भने चार विदेशीहरूमा पहिले भारतीय, क्यानाडाली र अष्ट्रेलियाका बासिन्दा रहेका छन् ।

आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’विरुद्ध शृङ्खला कब्जा
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको दोस्रो एकदिवसीय खेलमा आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’लाई एक सय १४ रनको फराकिलो अन्तरले पराजित गर्दै शृङ्खलामा कब्जा जमाएको छ । आयरल्याण्ड ‘ए’ले जितका लागि प्रस्तुत गरेको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १६ दशमलव पाँच ओभरमा ६० रनमा समेटियो । आजको खेलमा नेपाल ‘ए’ टोलीका कुनै पनि ब्याटरहरुले उल्लेख्य रन बनाउन सकेनन् । अब प्रतियोगिताको अन्तिम खेल आइतबार हुनेछ ।

Logo