कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले गुठी विधेयक जस्ताको त्यस्तै पारित नहुने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले आम नागरिकको भावनाविपरीत हुने गरी गुठी विधेयक पारित नहुने बताएका हुन् । विधेयक बहसमा मात्रै आएकाले कानुन नै बने जसरी नबुझ्न पनि उनले आग्रह गरे।
विधेयक छलफलकै क्रममा रहेकाले कोही पनि आत्तिनु नपर्ने भन्दै उनले उत्पातै भयो भनेर नबुझ्न समेत आग्रह गरे ।





























प्रतिक्रिया