राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ। राष्ट्रिय सभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदैछ। उपाध्यक्षका लागि मंगलबार दुई जनाको उम्मेदवारी दर्ता भएको थियो। नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली काँग्रेसका तर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको हो।

एमालेका तर्फबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गराएकी छन्। घिमिरेको प्रस्तावकमा सांसद भगवती न्यौपाने र समर्थकमा सांसद गोपीबहादुर सार्की अछामी रहेका छन्।

यस्तै, नेपाली काँग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएकी छिन्। पुडासैनीको प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा सांसद नारायणदत्त भट्ट रहेका छन्। तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि निर्वाचन हुन लागेको हो।

Skip This
Skip This
Logo