काठमाडौं । आज(बुधबार)को प्रतिनिधि सभा कार्यसूचीबाट गृहमन्त्री रवि लामिछाने प्रस्तुत गर्ने कार्यसूची हटाइएको छ।
बुधबार बस्ने प्रतिनिधि सभाको बैठकबाट यस अगाडि राखिएको गृहमन्त्री लामिछानेले प्रस्तुत गर्ने ‘राजनीतिक दल सम्बन्धी विधेयकमाथि बिचार गरियोस्’ भन्ने प्रस्ताव हटाइएको छ।
यस अगाडि सो विधेयक प्रतिनिधि सभामा गृहमन्त्री लामिछानेले प्रस्तुत गर्ने हुँदा नेपाली कांग्रेसले गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा मुछिएको भन्दै उनीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरोध गरिरहेको थियो।
सो प्रस्ताव कार्यसूचीबाट हटाएसँगै कांग्रेसले अब संसद चल्न दिने वा नदिने कुनै औपचारिक धारणाभने बाहिर ल्याएको छैन।





























प्रतिक्रिया