रक्षा र भौतिक मन्त्रीसहित ओलाङचुङगोला पुगे अध्यक्ष ओली

रक्षा र भौतिक मन्त्रीसहित ओलाङचुङगोला पुगे अध्यक्ष ओली

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ताप्लेजुङको ओलाङचुङगोला पुगेका छन्। सडक र सीमा क्षेत्र अवलोकनका लागि रक्षामन्त्री हरि उप्रेती र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई लिएर अध्यक्ष ओली बिहीबार पूर्वी नाका ओलाङचुङगोला पुगेका हुन्।

उनी पूर्वी नाका ओलाङचुङगोला अवलोकनका लागि गएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए। ओलीसहित मन्त्रीहरू र सचिव भट्टराई नेपाली सेनाको हेलिकप्टर चढेर गएका हुन्।

अध्यक्ष ओली बिहीबार नै काठमाडौँ फर्कने उनले बताए। निर्माणाधीन तमोर करिडोरले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप-ओलाङ्चुङगोलालाई भर्खरै जोडेको छ। गत फागुन ८ गते तमोर करिडोरको ट्र्याक ओलाङचुङगोलासम्म जोडिएको थियो।

Logo