चिकित्सा शिक्षा प्रतिवेदन सार्वजनिक गरेकोप्रति गगनले दिए शिक्षामन्त्रीलाई धन्यावाद

चिकित्सा शिक्षा प्रतिवेदन सार्वजनिक गरेकोप्रति गगनले दिए शिक्षामन्त्रीलाई धन्यावाद

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेकोप्रति शिक्षामन्त्रीलाई धन्यावाद दिएका छन्।

बिहीबार समाजिक सञ्जालमार्फत लेख्दै उनले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेकोप्रति शिक्षामन्त्रीलाई धन्यावाद दिएका हुन्।

उनले फेसबुकमा लेखेका छन् :
चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कार्यका लागि शिक्षा मन्त्रीज्यूलाई धन्यवाद !
आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बिचमा प्रतिवेदन सार्वजनिक गर्नु नै आफैमा सकारात्मक छ। प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट,शुल्क लगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा छन त्यसलाई थप प्रभावकारी बनाउनु पर्नेछ । यससंगै प्रतिवेदनले आधार र कारण खुलाएरै जसजसलाई कारवाहीको सिफारिस गरेको छ त्यो सिफारिस कार्यान्वयनको दिशामा अगाडि बढ्छ भन्ने विश्वास छ र यो सत्प्रयासमा हाम्रो साथ रहने प्रतिबद्धता पनि।

Skip This
Skip This
Logo