कानूनको अधीनमा व्यापार व्यवसाय गर्न सक्ने वातावरण बनाउन सरकार सक्षम छः गृहमन्त्री लामिछाने

कानूनको अधीनमा व्यापार व्यवसाय गर्न सक्ने वातावरण बनाउन सरकार सक्षम छः गृहमन्त्री लामिछाने

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले व्यवसायीहरुलाई कानूनको अधीनमा रहेर व्यापार व्यवसाय गर्न सक्ने बातावरण बनाउन सरकार सक्षम रहेको बताएका छन्। उनले सबै व्यवसायीहरूलाई समेत प्रचलित नियम कानूनको अधीनमा रहेर व्यापार व्यवसाय गर्न आग्रह गरेका हुन्।

बिहीबार पर्सामा भएको राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठीमा गृहमन्त्री लामिछानेले राजस्व चुहावट नियन्त्रण, प्रतिबन्धित सामान र अखाद्य वस्तु नियन्त्रणमा सबैको सक्रियता आवश्यक रहेको बताए।

उनले गलत क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन र आम नागरिकले सुरक्षित महसुस गर्ने गरी भयरहित समाज निर्माणमा सबै मिलेर जानुपर्ने विचार व्यक्त गरे।

गोष्ठीमा गृहसचिव एकनारायण अर्याल र अर्थ सचिव डा. कृष्ण हरि पुष्करले राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण कुनै एक मात्र निकायको एकल प्रयासबाट मात्र सम्भव नहुने भन्दै त्यसका लागि एकीकृत प्रयास, समन्वय र सहकार्यको आवश्यकता रहेकोमा जोड दिए।

Logo