संसदको हिउँदे अधिवेशनः ७० दिनमा २३ वटा बैठक, कति भए काम-कारबाही ?

संसदको हिउँदे अधिवेशनः ७० दिनमा २३ वटा बैठक, कति भए काम-कारबाही ?

केन्द्रबिन्दु
70
Shares

काठमाडौंं । संघीय संसदको हिउँदे तेस्रो अधिवेशन आज(आइतबार) राति १२ बजेदेखि लागू हुने गरी अन्त्य भएको छ ।

आइतबार बसेको प्रतिनिधसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयको पत्र पढेर अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य भएको जानकारी गराए । उनले भने,‘प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेबाट स्वतःअन्त्य हुने जानकारी गराउँदछु ।’ यसअघि सरकारले आज रातिदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

बैठकमा सभामुख घिमिरेले संसदीय काम कारवाही सुनाउँदै ७० दिनमा २३ वटा बैठक बसेको र ८१ घण्टा ५५ मिनेट संसदीय काम कारवाही भएको जानकारी समेत गराएका थिए । उनले भने,‘संघीय संसदको हिउँदे तेस्रो अधिवेशन २०८० माग २२ देखि सुरु भई ८१ बैशाख २ गतेसम्म ७० दिन चालु रह्यो जसमध्य २३ दिनहरुमा २३ वटा बैठक बसी ८१ घण्टा ५५ मिनेट संसदीय काम कारवाही भयो ।’

Logo