प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका नेता खनालबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका नेता खनालबीच भेटवार्ता

केन्द्रबिन्दु
140
Shares

काठमाडौँ। सत्ता गठबन्धनका विषयमा अनेक आशङ्का उब्जिरहेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले भेट गरेका छन्। दुई नेताबीच बालुवाटारमा वार्ता जारी रहेको बालुवाटार स्रोतले जनाएकाे छ।

एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशबाट विद्रोह गरेपछि वर्तमान सत्ता गठबन्धन धरापमा परेको छ। अध्यक्ष माधव नेपालले प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओली सहमतिबाटपछि हटेकोले गठबन्धनबाट बाहिरिने चेतावनी दिँदै आएका छन्। यसै विषयमा प्रधानमन्त्री प्रचण्ड र सम्मानित नेता खनालबीच छलफल भएको बताइएको छ।

Logo