पार्टीमा घर झगडा बढ्यो, साना दोकानहरू बन्द गराउनुपर्ने अवस्था छ: महामन्त्री थापा

पार्टीमा घर झगडा बढ्यो, साना दोकानहरू बन्द गराउनुपर्ने अवस्था छ: महामन्त्री थापा

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साना पार्टीका कारण घर झगडा बढेको र त्यस्ता पार्टीलाई बन्द गराउनुपर्ने अवस्था आएको बताएका छन्।

संवाद यात्राको क्रममा मंगलबार कैलालीको धनगढीमा रहेका महामन्त्री थापाले साना पार्टीका कारण घर झगडा बढेको र त्यस्ता पार्टीलाई बन्द गराउनुपर्ने अवस्था आएको बताएका छन्।

उनले भने,‘पार्टीका कारण घर झगडा बढिरहेको छ। साना दोकानहरू बन्द गराउनुपर्ने अवस्था छ।’

त्यस्तै, उनले २०८१ सालमा कांग्रेसले सरकारतिर नहेर्नुपर्ने बताए। उनले भने,‘२०८१ साल भरि सिंहदरबारतिर फर्केर नहेरौँ। बालुवाटार तिर पनि फर्केर नहेरौँ।’

Logo