दुईचार सीट ल्याउने, सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ: नेता बास्कोटा

दुईचार सीट ल्याउने, सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ: नेता बास्कोटा

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले चुनावपूर्व गठबन्धन गर्ने र दुईचार सीट ल्याउने पार्टीको पसल बन्द गर्न आग्रह गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले चुनावपूर्व गठबन्धन गर्ने र दुईचार सीट ल्याउने पार्टीको पसल बन्द गर्न आग्रह गरेका हुन्।

उनले भने,‘फेरि राजनितिक कचिंगलमा मुलुक फस्ने देखिनु दु:खद हो। सधैँको अस्थिरता किन र केका लागि? समावेशी क्षेत्रलाई पनि प्रतिष्पर्धी बनाएरसमेत एउटै दलले बहुमत हासिल गर्न सक्ने चुनावी प्रणालीमा देशलाई लानैपर्छ। चुनावपूर्व गठबन्धन गर्ने, दुईचार सीट ल्याउने, सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ।’

Skip This
Skip This
Logo