केही सहकारी ठिकै छन् त केही मान्छेलाई ठगी खाने ठाउँ बनेको छ: अध्यक्ष ओली

केही सहकारी ठिकै छन् त केही मान्छेलाई ठगी खाने ठाउँ बनेको छ: अध्यक्ष ओली

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले केही सहकारी ठिकै चलेको त केही सहकारीले मान्छेलाई ठगी खाने ठाउँ बनेको दाबी गरेका छन्।

मंगलबार एमाले झापा जिल्ला कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही सहकारी ठिकै चलेको त केही सहकारीले मान्छेलाई ठगी खाने ठाउँ बनेको दाबी गरेका हुन्।

‘कतिपय सहकारी ठीकै चलेका छन्, केही मान्छेलाई ठगी खाने ठाउँ बनेको छ। केही गैरसहकारी व्यक्तिहरु प्रवेश गरेर बदनाम गरेर ठगेका छन्। लाखौँ मान्छेहरु लुटिएका छन्। अर्बौं लुटेका छन्। त्यो समस्याबाट मुख्य गराएर सहकारीलाई प्रभावकारी माध्यम बनाउनुपर्छ। विकास, आधुनिकता र उत्पादन वृद्धिका लागि प्रविधिको प्रयोग ल्याउनुपर्छ। त्यसका लागि हाम्रो पार्टीका सबै तहका नेताहरुले अगुवाइ गर्नुपर्छ,’ उनले भने।

Logo