सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन

सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दावी पेस गर्ने आज अन्तिम दिन रहेको छ। यसअघि पेस गरिएका दुवै दाबी अस्वीकृत भएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को (२) अनुसार अर्को दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समयसीमा दिएका थिए। उक्त दुई दिनको समय आज साँझ सकिनेछ।

सोमबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। तर दुईमध्ये कसैका पक्षमा पनि बहुमत सदस्य नदेखिएपछि आज एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन्।

सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सहमति अनुसार सुदूरपश्चिमको नेतृत्व एकीकृत समाजवादीले गर्ने सहमति भएपनि एकीकृत समाजवादीका नेता सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने एमालेले जनाएको छ। स्रोतका अनुसार एमालेले सोडारीबाहेकका जोसुकैलाई पनि मुख्यमन्त्रीमा समर्थन गर्न सकिने तर, उनलाई मुख्यमन्त्री बनाउन नहुने अडान लिएको बताइएको छ।

Logo