लुम्बिनी: मन्त्रिपरिषद् विस्तार, साँझ शपथ

लुम्बिनी: मन्त्रिपरिषद् विस्तार, साँझ शपथ

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ। प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

मन्त्रालयको भागबण्डा मिलेसँगै एमालेले ५, माओवादीले मुख्यमन्त्रीसहित थप २, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक/एक मन्त्रालय पाउने भएका छन्।

एमालेका चेत नारायण आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्र पुन स्वास्थ्य र भण्डारीलाल अहिरले कृषि मन्त्रालयको जिम्मेवारी पाउँदा दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुन कुमार केसी, भुमिश्वर ढकाल, र रत्नबहादुर खत्रीले विना विभागीय मन्त्री बनेका हुन्।

उनीहरूको शपथ आज साँझ ५ बजे हुने बताइएको छ।

Logo