लुम्बिनी प्रदेश सरकार विस्तार, ७ मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेश सरकार विस्तार, ७ मन्त्रीले लिए शपथ

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सरकार विस्तार भएको छ।

बिहीबार लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले दोश्रो पटक प्रदेश सरकार विस्तार गरेका हुन्।

उनले एमालेबाट अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल, रत्नबहादुर खत्री, दिनेश पन्थी र नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीकी भगवती अधिकारीलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन्।

उनीहरूले आज प्रदेश प्रमुख समक्ष शपथ लिएका छन्।

यस अगाडि एमालेका चेतनारायण आचार्य, माओवादीका दिपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिर विना विभागीय मन्त्री बनेका थिए। अहिलेसम्म विना विभागीय मन्त्री रहेका उनीहरूको मन्त्रालय भने आज तोकिएको छ। जसअनुसार आचार्यलाई अर्थ, पुनलाई स्वास्थ्य र अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ।

योसँगै लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनेको छ।

Logo