चार सिट जितेको प्रदेशमा चौथो मुख्यमन्त्री बन्दै सोडारीले गरे शपथ ग्रहण

चार सिट जितेको प्रदेशमा चौथो मुख्यमन्त्री बन्दै सोडारीले गरे शपथ ग्रहण

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशको नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले शपथ ग्रहण गरेका छन्।

बिहीबार मात्रै एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।

उनी प्रदेशको चौथो मुख्यमन्त्री बनेका हुन्। प्रदेशमा माओवादी केन्द्रका त्रिलोचन भट्ट पहिलो मुख्यमन्त्री थिए। यस्तै, एमालेका राजेन्द्रसिंह रावल दोश्रो मुख्यमन्त्री बन्दा कांग्रेसका कमलबहादुर शाह तेश्रो मुख्यमन्त्री हुन्।

नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीलाई एमालेसहित माओवादी केन्द्र, नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता पक्षको समूह र एक जना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

एमालेले समर्थन गरेपनि सोडारी नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने एमाले प्रदेश संसदीय दलले निर्णय गरेको छ।

उनको पार्टीले सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ ३ र समानुपातिकमा १ गरी ४ सिट जितेको छ।

Logo