‘बजेट कागजको घोडा जस्तै, नत यसले घाँस खान्छ, नत सवारी बोक्छ’

‘बजेट कागजको घोडा जस्तै, नत यसले घाँस खान्छ, नत सवारी बोक्छ’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बजेटलाई कागजको घोडाको संज्ञा दिएका छन् । प्रतिनिधिसभाको बिहिबारको बैठकमा आगामी आर्थिक बर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा सहभागि हुँदै उनले बजेट कागजको घोडा जस्तै भएको टिप्पणी गरेका हुन् ।

पूँजीगत खर्च र विकास खर्च भन्दा चालु खर्च बढी भएको ऋणात्मक बजेटले मुलुकको सम्मृद्धि हासिल गर्न नसक्ने दाबी उनको दाबी छ । उनले भने, “कागजको घोडा जस्तै बजेट । न यसले घास र दाना खाला ,न यसले सवारी बोक्न सक्ला ? ऋणात्मक खालको बजेट जो पूँजीगत खर्च गर्ने सकेको छैन । पूँजीगत खर्च गरेर शान्ति र सम्मृद्धि ल्याउनुपर्यो नि । पूँजीगत खर्च गर्न नसक्ने, विकास खर्च गर्न नसक्ने । बजेट वृद्धि हुने, विकासमा वृद्धि नहुने, चालु खर्चमा वृद्धि हुने, चालु खर्च नपुग हुने, विकास खर्च गर्नै नसक्ने । त्यसैले यो कागजको घोडा भयो । कागजको घोडा दौडाएर कहीँपनि पुग्दैन । पोहोरसाल कागजको घोडा अलि सानो थियो । यसपाली कागजको घोडा अलि ठुलो भएछ । अझै ठुलो बनाईदिएको भएपनि हुन्थ्यो । ठूलो बनाएको भए सायद पानी जहाज आउँथ्यो होला । रेल आउथ्यो होला । जनतालाई पानी जहाज र रेल चढ्ने इच्छा छ । देशभित्रै पानीजहाज चढ्ने इच्छा छ । त्यो इच्छा पुरा गथ्र्यो होला तर यो कागजको घोडाले त्यो इच्छा पुरा गर्ने भएन । त्यसो भएर दुख लाग्या छ । ”

संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसाथ गरेपनि बजेटले संघीयताको आधारशिलालाई नमानेको टिप्पणी गरे । उनले समाजवाद हुँदै साम्यवाद उन्मुख हुने बताउने सरकारको बजेट समाजवाद हुँदै पूँजीवाद उन्मुख भएको दाबी गरे ।

कर्मचारीको तलब वृद्धि भएपनि वृद्धिदरको अनुपातमा समानता कायम नभएको टिप्पणी गरे । उनले वृद्ध भत्ताका लागि ७० बर्षबाट ६५ बर्षमा कायम गर्ने निर्णय पुर्ववर्ती सरकारले गरेको भन्दै सोही मापदण्ड लागु गर्न आग्रह गरे ।

उनले पुर्ववर्ती सरकारले स्पाईनल कर्ड इन्जुरी, मुटु, र्मिगौला, क्यान्सर रोगका विरामीलाई र्निवाह भत्ताका लागि प्रतिमहिना ५ हजार दिने कार्यक्रमलाई बजेटमा समावेश गर्न माग गरे ।

Skip This
Skip This
Logo