चार दलका नेता भारत भ्रमणमा जाँदै

चार दलका नेता भारत भ्रमणमा जाँदै

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । भारतीय जनता पार्टी(बीजेपी)को निमन्त्रणामा नेपालका चार दलका नेता भारत भ्रमणमा जाने भएका छन्।

भाजपाले पार्टीबारे जानकारी दिन बनाएको अभियानमा नेपालका चार दललाई निमन्त्रणा गरिएको हो।

नेपालबाट प्रमुख प्रतिपक्षी दल कांग्रेससहित एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि भारत भ्रमणमा जाने भएका हुन्।

कांग्रेसबाट को जाने टुंगो नलाग्दा एमालेबाट उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रबाट उपमहासचिव मातृका यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल भारत भ्रमणमा जाने भएका हुन्।

भाजपाले निवाचन अभियान, तयारीबारे जानकारी दिन नेपालका चार दललाई निमन्त्रणा गरेको बताइएको छ।

Skip This
Skip This
Logo