जसपाको गण्डकी प्रदेशस्तरीय किसान महासंघ र खस संघ गठन

जसपाको गण्डकी प्रदेशस्तरीय किसान महासंघ र खस संघ गठन

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई भ्रातृ सङ्गठन किसान महासंघ र खस संघ गठन गरिएको छ।

शुक्रबार पोखरामा आयोजित प्रदेशस्तरीय भेलाबाट यामप्रसाद आचार्यको अध्यक्षता १३ सदस्यीय समाजवादी किसान महासङ्घ गठन भएको हो।

त्यस्तै सोही भेलाबाट हस्तबहादुर कुँवरको अध्यक्षतामा १५ सदस्यीय समाजवादी खस संघ, नेपाल गण्डकी प्रदेश समिति गठन गरिएको हो।

पार्टीका राजनीतिक समिति सदस्य एवं समाजवादी खस सङ्घका केन्द्रीय अध्यक्ष प्रेमनारायण थापा प्रमुख अतिथि थिए। पार्टीका राजनीतिक समिति सदस्य निर्मल जिसी महेन्द्रले समितिको नामावली घोषणा गरेका थिए।

कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य धनप्रसाद तामाङ, केन्द्रीय सदस्य एवं समाजवादी ट्रेड युनियन महासङ्घका अध्यक्ष अर्जुन लम्साल पार्टीका प्रदेश समिति अध्यक्ष गोपाल गुरुङलगायतका नेताहरुले सम्बोधन गरेका थिए।

Skip This
Skip This
Logo