यो सतीले सरापेको देश होइन केही जुकाहरूले चुसेको देश हो: सभापति लामिछाने

यो सतीले सरापेको देश होइन केही जुकाहरूले चुसेको देश हो: सभापति लामिछाने

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यो देश सतीले सरापेको देश नभइ केही जुकाहरूले चुसेको देश भएको आरोप लगाएका छन्।

बैशाख १५ गते हुन लागेको उपनिर्वाचनका क्रममा इलाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले यो देश सतीले सरापेको देश नभइ केही जुकाहरूले चुसेको देश भएको आरोप लगाएका हुन्।

उनले भने,‘हामीसँग इमानदार उम्मेदवार छन् त्यति भए पुग्छ,हामी देश बनाउन सक्छौँ। अरू पैसा बाँड्ने रक्सी बाँड्ने मासु बाँड्ने हामीले सक्दैनौँ। बरु तपाईँको छ भने दिनु न बरु हामी त खाजा खाएर जान्छौँ। याँ पार्टी चलाउने पैसा नभएर साथीहरूलाई हारगुहार गरेर बसेका छौँ। होटलको पैसा कसले तिर्ला भनेर बस्नुपरेको छ। हामीसँग इमान छ आँट छ साहस छ हिम्मत छ। यो देश सतीले सरापेको देश होइन केही जुकाहरूले चुसेको देश हो। जुकाहरू फाले बन्छ। यो जनताले बुझ्ने कुरा हो।’

Logo