एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्ने

एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्ने

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने भएको छ।

आइतबार पार्टीको ७५ औं स्थापना दिवस (हिरक जयन्ती) महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्ने निर्णय गरेको हो।

शनिबार र आइतबार ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पूर्व पार्टी उपाध्यक्ष भण्डारीलाई सो सम्मान अर्पण गर्न वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले प्रस्ताव प्रस्तुत गरेका थिए। जसमा प्रतिनिधि परिषद् सदस्यहरुले सहमति जनाएका थिए।

प्रस्ताव प्रस्तुत गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पुर्‍याएका र राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार हिरक जयन्तीमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान लागेको बताएका छन्।

Skip This
Skip This
Logo