नेकपा स्थापनाको ७५ वर्ष पूरा, हिरक जयन्ती मनाउँदै एमाले

नेकपा स्थापनाको ७५ वर्ष पूरा, हिरक जयन्ती मनाउँदै एमाले

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ। पार्टी स्थापना भएको दिनलाई नेकपा (एमाले)ले सोमबार देशभरि विभिन्न कार्यक्रम गरी हिरक जयन्ती मनाउँदैछ।

तत्कालीन जहाँनीया राणा शासनको विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका नेपाली युवाको सक्रियतामा नेकपाको स्थापना भएको थियो।

त्यसबेला भारतको कोलकातामा रहेका पुष्पलाल श्रेष्ठले नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिई २००६ साल वैशाख १० गते आफ्नै नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना गरेका थिए। समाजवाद स्थापनाको लक्ष्यसहित स्थापित नेकपामा श्रेष्ठ संस्थापक महासचिव थिए। नेकपाका संस्थापकहरुमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ थिए। स्थापनाकालमा एउटै रहेका कम्युनिष्ट पार्टी पटक पटक विभाजन र एकताको श्रृंखलाबाट गुज्रिदै आएका छन्।

सबैभन्दा ठूलो कम्युनिष्ट दल नेकपा एमालेले सोमबार ७५ औँ स्थापना दिवसलाई हिरक जयन्तीकारुपमा मनाउँदैछ। सो अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरवबाट सम्मान गर्ने कार्यक्रम रहेको छ।

Logo