सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीविरूद्धको रिट ढकालको इजलासमा

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीविरूद्धको रिट ढकालको इजलासमा

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालत परेको रिटमा आज(सोमबार) सुनुवाई हुँदैछ।

मुख्यमन्त्री सोडारीको नियुक्तिविरुद्ध रिट निवेदन सुनुवाइका लागि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा पेशी तोकिएको छ।

आइतबार सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोडारीको नियुक्तिविरुद्ध नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीले रिट दायर गरेका हुन्।

आफूलाई मूख्यमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका उनले दुई दिन म्याद थप्ने र सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशकोसमेत माग गरेका थिए।

Skip This
Skip This
Logo