विदेशी राजालाई हाेइन, आफ्नै देशका राजालाई श्रीपेच र इज्जत देऊः राप्रपा

विदेशी राजालाई हाेइन, आफ्नै देशका राजालाई श्रीपेच र इज्जत देऊः राप्रपा

केन्द्रबिन्दु
154
Shares

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपालको राजकीय भ्रमणमा आउने भएपछि सरकारले दिएकाे सार्वजनिक बिदाकाे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कटाक्ष गरेकाे छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले संक्षिप्त प्रतिक्रिया दिँदै आफ्ना राजालाई पाखा लगाएर विदेशी राजालाई सम्मान गरेको टिप्पणी गरेका हुन् । उनले भनेका छन्, ‘कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि नेपाल आउँदा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। आफ्नो देशको राजालाई विदेशी योजनामा पाखा लगाएकाहरुले विदेशकै राजालाई भएपनि सम्मान दिएछ ! नेपालको राजालाई पनि आफ्नो स्थान, श्रीपेच र इज्जत देऊ ।’

कतारका अमिर शेख थानीले पहिलाेपटक यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्ने भएका छन् । भ्रमणका अवसरमा अमिर शेख थानीले राष्ट्रपति पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वार्ता गर्नेछन् । वार्तापछि, दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनेछन्।

Logo