नेकपा विभाजनको पश्चातापमा अध्यक्ष प्रचण्ड

नेकपा विभाजनको पश्चातापमा अध्यक्ष प्रचण्ड

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विगतमा एमालेसँग एकता गरेर विभाजन भएको पश्चाताप लागेको खुलासा गरेका छन्।

एमालेले नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा सोमबार आयोजना गरेको हीरक महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगतमा एमालेसँग एकता गरेर विभाजन भएको पश्चाताप लागेको खुलासा गरेका हुन्।

उनले आफूहरूले जतिबेला एकता र सहमतिको बाटोमा हिँडदा देशभरीनै हर्सोल्लास भएको र विभाजित भएपछि तितो भएको बताउँदै भने, ‘कम्युनिष्टहरुले जति बेला एकता र सहमतिको बाटोमा हिँडेको थियौँ देशभर उल्लास, उत्साह र उमंग उत्सवको वातावरण बनेर दुई तिहाइ नजिक पुगेका थियौँ। विभाजित भएपछिको तिता अनुभव हामीले गरिसकेका छौँ। पहिलाको जस्तो हौसिएर कम्युनिष्ट एकताको पक्षमा छैनौँ। हामीले त्यो बेलामा समयभन्दा अगाडि दौडिएछ भन्ने हेक्का राख्नुपर्छ। अहिले सहकार्य थालेका छौँ। राम्रो सहकार्य गरौँ यसबाट देश र जनतालाई राम्रो सेवा हुँदै गयो भयो राजनीतिक दलहरुबीच एकताको आधार तय हुन्छ।

Logo