समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पलाई साकार तुल्याउन अध्यक्ष ओलीले गरे अनुरोध

समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पलाई साकार तुल्याउन अध्यक्ष ओलीले गरे अनुरोध

केन्द्रबिन्दु
56
Shares

ललितपुर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पलाई साकार तुल्याउने अभियानमा साथ दिन सबैसँग अनुरोध गरेका छन्। एमालेद्वारा आज यहाँ आयोजित नेपाल कम्युनिष्ट पार्टी स्थापनाको हीरक महोत्सव समारोहमा उनले नेपाल र नेपालीको पक्षमा ल्याइएको सङ्कल्पलाई परिणाममुखी बनाउन मुलुकका जिम्मेवारी सबै पक्षको साथ–सहयोग आवश्यक हुने बताए।

देशका पूर्वप्रधानमन्त्री एवं प्रमुख राजनीतिक पार्टीका नेताहरूको सहभागिता रहेको हीरक महोत्सव समारोहमा अध्यक्ष ओलीले राष्ट्रिय एकता, लोकतन्त्र, समुन्नत नेपालको पक्षमा सिङ्गो देश एक हुनुपर्नेमा धारणा व्यक्त गरे। उनले मुलुकमा लोकतन्त्र ल्याउन एमालेको नेतृत्वदायी भूमिका रहेको स्मरण गर्दै जेलनेलसहित ठूलो त्याग र सङ्घर्षबाट प्राप्त लोकतन्त्रलाई अझ सुदृढ, संस्थागत र जनमुखी बनाउन एमाले प्रतिबद्ध छ भने। उनले नेपालमा राणा शासनको अन्त्य, पञ्चायती व्यवस्थाको अन्त्यसहित बहुदलीय प्रजातन्त्रको स्थापना र राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापनाका क्रममा भएका आन्दोलनमा नेकपा (एमाले) को भूमिका महत्वपूर्ण रहेको बताए।

आफ्नो स्थापना कालदेखि सदैव नेपाल र नेपाली जनताको पक्षमा निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीको ७५ वर्षको इतिहास गौरव गर्न लायक रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले अबको कम्युनिष्ट आन्दोलन समृद्ध नेपालसहित सुखी नेपालीको सङ्कल्पसहित समाजवादको दिशामा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

देशका प्रमुख वामपन्थी शक्तिबीचको एकता र धुव्रीकरण देश र जनताका पक्षमा हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले हतार नगरी यसअघिको अनुभवलाई दृष्टिगत गरी सहकार्य र विश्वासका आधारमा कम्युनिष्ट घटकबीच एकता हुँदा राम्रो हुने बताए।

अध्यक्ष ओलीले राष्ट्रियता, भौगोलिक अखण्डता, स्वाधिनता, विकास निर्माण, सुशासन, भूमिहीन सुकुम्वासी समास्या समाधान, भ्रष्टाचार अन्त्यसहित समुन्नत नेपालका पक्षमा नयाँ राजनीतिक समीकरणको सरकार गठन भएको स्प्ष्ट गरे।

Logo