नेपाल र कतारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । नेपाल र कतारबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलको निम्तोमा नेपाल भ्रमणमा आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्तापछि विभिन्र सम्झौतामा हस्ताक्षर भएको हो।

बुधबार होटल सोल्टीमा दाहाल र थानीले पहिला ‘वान टू वान’ भेटवार्ता गरेका थिएभने डेलिगेसनस्तरमा दुइपक्षीय बैठक भैइरहँदा नेपालको तर्फबाट प्रधानमन्त्री दाहाल र कतारको तर्फबाट अमिरसहितको प्रतिनिधिमण्डलले सहमतिमा हस्ताक्षर गरेको बताइएको छ।

महान्यायाधिवक्ता कार्यालय, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद, कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघलगायतका विभिन्न ८ वटा क्षेत्रमा हस्ताक्षर भएको बताइएको छ।

Logo