कतारी अमिरको सम्मानमा दिवाभोजको आयोजना

कतारी अमिरको सम्मानमा दिवाभोजको आयोजना

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवाभोजको आयोजना गरेका छन्।

प्रधानमन्त्री दाहालले आज बिहान द्वारिका होटलमा उनको सम्मानका दिवाभोजको आयोजना गरेका हुन्। सो अवसरमा प्रधानमन्त्री दाहालले कतारी अमिरलाई स्वागत गरेका थिए। दिवाभोजमा दुवै पक्षका विशिष्ट व्यक्तिको उपस्थिति थियो।

उनीहरुबीच आज यसअघि होटल सोल्टीमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो। वार्तामा विभिन्न छ विषयमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ।

कतारी अमिर थानी आज दिउँसो २ बजे काठमाडौँबाट प्रस्थान गर्ने तालिका छ।

Logo