रवि लामिछाने गृहमन्त्रीमा अयोग्य भएको भन्दै फेरि सर्वोच्च पुगे युवराज सफल [भिडियाे]

रवि लामिछाने गृहमन्त्रीमा अयोग्य भएको भन्दै फेरि सर्वोच्च पुगे युवराज सफल [भिडियाे]

केन्द्रबिन्दु
1.05k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध युवराज सफल सर्वोच्च अदालत पुगेका छन्।

बुधबार सफल गृहमन्त्री लामिछानेविरूद्ध गृहमन्त्री पदका लागि अयोग्य भएको भन्दै रिट निवेदन दायर गर्नका लागि सर्वोच्च पुगेका हुन्। उनले सर्वोच्चमा रिट परेको र अहिले अध्ययनको क्रममा रहेको हुँदा दर्ताका लागि केही समय लाग्ने बताए।

उनले केन्द्रबिन्दुसँग भने, ‘रविले दोहोरो राहदानी, सहकारी ठगी, झुठो विवरण पेश गरि कम्पनीको शेयर लगत निकालेको, सोही झुटो शेयर लगत पेशगरी कम्पनी खरिद बिक्री गरेको र सम्पत्ती शुद्धीकरण विभागबाट मुद्दासमेत झेली रहेको व्यक्ति कानूनीरुपमा, नैतिक रुपमा र राजनीतिक रुपमा सार्वजनिक पदमा बस्न मिल्दैन।’

उनले मुद्दा सर्वोच्चमा पेश भएको र सर्वोच्चले अध्ययन गरिरेहको बताए। उनले रिट निवेदनमा रविसहित प्रधानमन्त्री कार्यालयलगायत सत्ता गठबन्धनका दलहरूलाई पनि विपक्षी बनाइएको बताएका छन्।

सफलले यसअघि पनि सर्वोच्चमा रिट दायर गर्दै दोहोरो नागरिकता प्रकरणमा लामिछानेको गृहमन्त्री पदसँगै सांसदको पद पनि खारेज गरिदिएका थिए।

Skip This
Skip This
Logo