‘खबरदार, मौन अवधिलाई मनि अवधिको रूपमा प्रयोग नगरियोस्’

‘खबरदार, मौन अवधिलाई मनि अवधिको रूपमा प्रयोग नगरियोस्’

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति तथा गृहमन्त्री रवि लामिछानेले मौन अवधिलाई मनि अवधिको रूपमा प्रयोग नगर्न चेतावनी दिएका छन्।

बुधबार उपनिर्वाचनको शिलशिलामा इलाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले मौन अवधिलाई मनि अवधिको रूपमा प्रयोग नगर्न चेतावनी दिएका हुन्।

उनले भने, ‘मौन अवधि भनेको मनि (पैसा) अवधि भएको कुरा तपाईंहरूले सुन्नुभएको छ होला। खबरदार, इलाम र बझाङमा मौन अवधिलाई मनि अवधिको रूपमा प्रयोग नगरियोस्।’

त्यस्तै, उनले बरू चुनाव हार्ने तर गलत प्रवृत्तिलाई प्रोत्साहित गर्ने राजनीति नगर्ने दाबी गरेका छन्।

Logo