मनमोहनले सुरू गरेको वृद्धभत्ता दक्षिण एशियाकै नमूना कार्यक्रम: पूर्वराष्ट्रपति भण्डारी

मनमोहनले सुरू गरेको वृद्धभत्ता दक्षिण एशियाकै नमूना कार्यक्रम: पूर्वराष्ट्रपति भण्डारी

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले सुरू गरेको वृद्धभत्ता दक्षिण एशियाकै नमूना कार्यक्रम भएको बताएकी छिन्।

बिहीबार ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा मनमोहन अधिकारीको २५ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले तत्कालिन प्रधानमन्त्री अधिकारीले सुरू गरेको वृद्धभत्ता दक्षिण एशियाकै नमूना कार्यक्रम भएको बताएकी हुन्।

उनले भनिन्, ‘मनमोहन अधिकारी नेतृत्वको सरकारले अघि सारेका आफ्नो गाउँ आफैँ बनाउँ, ज्येष्ठ नागरिकका लागि वृद्धभत्ता जस्ता लोकप्रिय कार्यक्रमहरुमार्फत कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गर्दा कसरी लोककल्याणकारी काम गर्दछ भन्ने दृष्टान्त प्रश्तुत गर्न सफल हुनुभयो। प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले २०५१ सालबाट शुरु गरेको वृद्धभत्ता दक्षिण एशियामै सामाजिक सुरक्षाको एउटा नमूना कार्यक्रमको रुपमा रहेको छ । यस कदमले ज्येष्ठ नागरिकहरुप्रति राज्य, समाज र परिवारको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र उहाँहरुको आत्मसम्मान बढाउन सबै ठूलो योगदान गर्नुका साथै जीवनयापनमा पनि महत्वपूर्ण सहयोग पुर्याएको छ।’

Logo