४ लाख धरौटी बुझाएर रिहा भए दीपेश

४ लाख धरौटी बुझाएर रिहा भए दीपेश

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । ४ लाख धरौटी रकम बुझाएर दीपेशकुमार पुन रिहा भएका छन्।

सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश अदालतमा ४ लाख धरौटी रकम बुझाएर आज रिहा भएका हुन्।

जिल्ला अदालत रुपन्देहीमा भएको थुनछेक बहसपछि पुनलाई ४ लाख धरौटीमा रिहा गर्न गत शुक्रबार आदेश दिएको थियो।

तर, पुनले ४ लाख धरौटी रकम जम्मा गर्न नसकेपछि भैरहवास्थित जिल्ला कारागार चलान भएका थिए।।

Logo