जसपा केन्द्रीय समितिको बैठक बस्दै

जसपा केन्द्रीय समितिको बैठक बस्दै

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ।

बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिकामाथि छलफल हुने केन्द्रीय प्रचार प्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

बैठक दिउँसो ४ बजे पार्टी कार्यालयमा बस्दै छ।

शुक्रबार बसेको बैठकमा विभिन्न तहगत समिति, निकाय, भ्रातृ सङ्गठन, पेसागत सङ्घ सङ्गठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने प्रस्ताव र निर्देशिकामाथि छलफल भएको थियो।

निर्देशिकामा जसपाको करिब १ लाख ४६ हजार सङ्गठित पार्टी सदस्यमध्येबाट करिब एक हजार महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने प्रस्ताव गरेको छ।

Skip This
Skip This
Logo