इलाम २ मा ११ बजेदेखि मतगणना सुरू हुने

इलाम २ मा ११ बजेदेखि मतगणना सुरू हुने

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । हिजो (शनिबार)इलाम-२ मा सम्पन्न उपनिर्वाचनको मतगणना आज बिहान ११ बजेबाट सुरु हुने भएको छ ।

सबै मतदान केन्द्रका मतपेटिका शनिबार अबेर राति मतगणना स्थलमा आइपुग्दा मतगणना आज बिहान ११ बजेदेखि सुरू हुने निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरू गर्ने निर्णय गरेको हो। बैठकमा निर्वाचनमा भाग लिएक दलका प्रतिनिधि र स्वतन्त्र उम्मेद्‍वारका प्रतिनिधि सहभागी रहेका थिए।

मतगणना इलामको गौतम बुद्ध सभागृहमा हुने छ।

शनिबार इलाम-२मा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो।

Logo