बझाङमा ११ बजे बोलाइयो सर्वदलीय बैठक

बझाङमा ११ बजे बोलाइयो सर्वदलीय बैठक

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत बझाङमा मत गणनाका लागि ११ बजे सर्वदलीय बैठक बोलाइएको छ।

बझाङ प्रदेश सभा १ को १ मा सम्पन्न हिमाली क्षेत्रको मतपेटिका शनिबार नै ल्याउने तयारी भएपनि मौसम खराबीका कारण आज नेपाली सेनाको हेलिकप्टरमार्फत मतपेटिका सदरमुकाम चैनपुर ल्याएको निर्वाचन आयोगले जनाएको छ।

मतपेटिका सदरमुकाम पुगेपछि मतगणनाका लागि ११ बजे सर्वदलीय बैठक बोलाइएको आयोगले जनाएको छ।

बझाङमा भएको उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान भएको थियो।

७४ वटा मतदानस्थलमा रहेका बझाङमा ९३ केन्द्रमा मतदान भएको थियो।

Logo