बझाङमा सर्वदलीय बैठक जारी

बझाङमा सर्वदलीय बैठक जारी

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत बझाङमा मत गणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ।

मतपेटिका आज बिहान चैनपुर सदरमुकाम पुगेपछि मतगणनाका लागि ११ बजेदेखि सर्वदलीय बैठक बसिरहेको निर्वाचन आयोगले जनाएको छ।

सर्वदलीय बैठक सकिएको केहीछिन पछिबाट मतगणना कार्य प्रारम्भ हुने आयोगले जानकारी दिएको छ।

बझाङ प्रदेश सभा १ को १ मा सम्पन्न हिमाली क्षेत्रको मतपेटिका शनिबार नै ल्याउने तयारी भएपनि मौसम खराबीका कारण आज नेपाली सेनाको हेलिकप्टरमार्फत मतपेटिका सदरमुकाम चैनपुर ल्याएको आयोगले जनाएको छ।

बझाङमा भएको उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान भएको थियो।

७४ वटा मतदानस्थलमा रहेका बझाङमा ९३ केन्द्रमा मतदान भएको थियो।

Logo