बझाङमा १ बजेदेखि मतगणना हुने

बझाङमा १ बजेदेखि मतगणना हुने

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत बझाङमा १ बजेदेखि मतगणना हुने भएको छ।

केही बेर अगाडि सम्पन्न सर्वदलीय बैठकले १ बजेदेखि मतगणना गर्ने कार्य सुरू गर्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ।

बझाङ प्रदेश सभा १ को १ मा सम्पन्न हिमाली क्षेत्रको मतपेटिका शनिबार नै ल्याउने तयारी भएपनि मौसम खराबीका कारण आज नेपाली सेनाको हेलिकप्टरमार्फत मतपेटिका सदरमुकाम चैनपुर ल्याइएको हो।

बझाङमा भएको उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान भएको थियो।

७४ वटा मतदानस्थलमा रहेका बझाङमा ९३ केन्द्रमा मतदान भएको थियो।

Logo