काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता गगन थापाले सरकारले आज जारी गरेको संवैधानिक परिषद् ऐन संशोधन अध्यादेशप्रति आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले अध्यादेशप्रति आपत्ति जनाएका हुन् ।
उनले भनेका छन् ,
संसद बन्द गर्ने अनि संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसंगको साठगाँठमा अध्यादेश जारी गर्ने K P Sharma Oli सरकारको यो असंवैधानिक र निरङ्कुश कदमलाई असफल बनाएरै छाड्नेछौं । सडक र सदनको बलबाट । जनताको साथ र शक्तिबाट ।

आज बसेको मन्त्रिपरिषदको बैठकको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषद् ऐन संशोधन अध्यादेश जारी गरेकी थिइन् । अहिले यसको सर्वत्र विरोध भइरहेको छ ।





























प्रतिक्रिया