इलाम २ मा कांग्रेसका खड्काकाे अग्रता कायमै, पछ्याउँदै नेम्वाङ

इलाम २ मा कांग्रेसका खड्काकाे अग्रता कायमै, पछ्याउँदै नेम्वाङ

केन्द्रबिन्दु
238
Shares

इलाम–२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो अपडेटअनुसार फाकफोकथुम गाउँपालिकाको तीन वटा वडाको मतगणना हुँदा कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता कायमै राखेका छन् ।

खड्काले एक हजार छ सय ४३ मत ल्याएका छन् भने एमाले उम्मेदवार सुहाङ नेम्वाङले एक हजार छ सय ३ मत ल्याएर पछ्याइरहेका छन्। तेस्रो स्थानमा रहेका डकेन्द्रसिंह थेगिमले चार सय ३७ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले तीन सय ५ मत प्राप्त गरेका छन्।

शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए । इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघातका कारण निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको हो ।

Logo