अपडेटः इलाम २ मा डकेन्द्र थेगिमले बढाए मत, मिलन लिम्बुले कति पाए ?

अपडेटः इलाम २ मा डकेन्द्र थेगिमले बढाए मत, मिलन लिम्बुले कति पाए ?

केन्द्रबिन्दु
1.1k
Shares

इलाम २ को उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो अपडेटअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् ।

इलाम क्षेत्र नम्बर २ फाकफोकथुम गाउँपालिका १, २, ३, ४, ५ र ६ नम्बर वडाको मतगणना सकिँदा नेम्वाङले कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई झण्डै ८ सय मतले पछि पारेका हुन् । नेम्वाङले ४ हजार २५८ मत पाउँदा खड्काले ३ हजार ४७५ मत पाएका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले एक हजार ९०३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ६५४ मत पाएका छन् । यसअघि रास्वपा हाराहारीमा रहेका थेगिमले ह्वात्तै मत बढाएका छन् ।

इलाम २ उपनिर्वाचनमा माओवादीको समर्थन एमालेलाई छ,त्यसकारण उनलाई राम्रै लाभ भएकाे छ । यसबीच कांग्रेस उम्मेदवार पछाडि पर्नु अस्वभाविक पनि होइन । तर धेरै प्रचार भएको, अनि चासोका साथ हेरिएको रास्वपाले भने अपेक्षित मत पाइरहेको छैन । यही प्रवृत्ति कायम रहे लिम्बुलाई जित्न गाह्रो छ । तर, ग्रामीण क्षेत्रको मतगणना भइरहेकाले आत्तिनु नपर्ने रास्वपाकाे भनाई छ ।

Skip This
Logo